७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

नेकपा एस : चुनावमा नफापेकी रामकुमारी

नेकपा एस : चुनावमा नफापेकी रामकुमारी
फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको चुनावमा रामकुमारी झाँक्री पराजित भएकी छन् । पार्टी गठनमा सक्रिय भूमिका निर्वाह गरेकी झाँक्रीको पराजयलाई अनौठो मानिएको छ ।

नेकपा एकीकृत समाजवादी गठन गर्न माधवकुमार नेपालको हात नै समातेर सहयोग गरेकी झाँक्री यसअघि सचिव थिइन् । तर अहिले उपाध्यक्ष बन्न खोज्दा उनी पराजित भएकी हुन् । विगतमा अध्यक्ष नेपालसँग अन्त्यन्त निकट सम्बन्ध बनाएकी झाँकी जसले हात नै समातेरै नेपाललाई निर्वाचन आयोगमा पुर्‍याएकी थिइन्, उनैले अहिले हराएको बताइएको छ ।

गुटबन्दीबाट गुज्रिरहेको नेकपा एसमा झाँक्रीको पराजयले हलचल नै ल्याएको छ । किनकी उनी सबैभन्दा सक्रिय नेतृ हुन् । विद्यार्थी राजनीतिदेखि नै सधैं चर्चामा रहँदै आएका झाँक्रीलाई नेकपा एसमा पुगेपछि भने उनलाई निर्वाचन फापेको छैन ।

गत संसदीय निर्वाचनमा २०७९ सालमा गुल्मीबाट प्रतिस्पर्धा गरेकी उनी नेकपा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । जबकी उनलाई नेपाली कांग्रेसको समेत साथ थियो । तर विष्टसँग पराजित भएपछि उनले संसद्मा आफ्नो सक्रियता देखाउन पाइनन् ।

पाटीको सचिव रहँदै आएकी उनले उपाध्यक्षमा दाबेदारी दिएकी थिइन् । तर माधवकुमार नेपाल निकट नेताहरुले नै उनलाई हराउन सहयोग गरेको आरोप लागेको छ । उम्मेदवारी दिँदा नेपाल समूहको भनिए पनि मतदान गर्ने बेला यो समूहले बेग्लै सूची मतदातासमक्ष बाँडेको थियो । नेपाल समूहले झाँक्रीको सट्टा जयन्तीदेवी राईको नाम राखेर सूची वितरण गरेको थियो । यसले अध्यक्ष नेपाल स्वयम्ले झाँक्रीलाई धोका दिएको बताइएको छ ।

त्यसो त झाँक्री पछिल्लो समय नेतृत्वप्रति असन्तुष्ट थिइन् । उनले अध्यक्ष नेपालको आलोचनासमेत गरिरहेकी थिइन् । जुन उद्देश्यका साथ पार्टी स्थापना गरिएको हो, त्यसअनुसार अघि बढाउन नेतृत्वले नसकेको भन्दै उनले आलोचना गरेकी थिइन् । अझ उनी त पार्टी विभाजन गरेर नेकपा एस गठन गर्नु नै भुल भएको बताउन थालिसकेको बताइएको छ । यसले गर्दा पनि अध्यक्ष नेपालले चुनावमा उनलाई असहयोग गरेको हुनसक्ने आशंका छ ।

मतगणनाको सुरुदेखि नै पछि पर्न थालेको झाँक्री अन्तिममा फराकिलो अन्तरले पराजित भएकी हुन् ।

जयन्तीदेवी राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्र प्राप्त गरिन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए ।

यसैगरी सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेर बहादुर कुंवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।