• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी ★   पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प ★   कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र ★   बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा ★   विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा ★   आइसिसी विश्वकप लिग–२: नेपाल र ओमान भिड्दै ★   निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ: अध्यक्ष… ★   इटहरीमा सुरुभयो बिजुली बस सेवा ★   अमेरिकाको न्यूयोर्कमा ओली–मोदी भेट्ने तयारी ★   सहकारी छानबिन प्रतिवेदन : तथ्यमा फरक कि बुझाइमा ?

नेकपा एस : चुनावमा नफापेकी रामकुमारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको चुनावमा रामकुमारी झाँक्री पराजित भएकी छन् । पार्टी गठनमा सक्रिय भूमिका निर्वाह गरेकी झाँक्रीको पराजयलाई अनौठो मानिएको छ ।

नेकपा एकीकृत समाजवादी गठन गर्न माधवकुमार नेपालको हात नै समातेर सहयोग गरेकी झाँक्री यसअघि सचिव थिइन् । तर अहिले उपाध्यक्ष बन्न खोज्दा उनी पराजित भएकी हुन् । विगतमा अध्यक्ष नेपालसँग अन्त्यन्त निकट सम्बन्ध बनाएकी झाँकी जसले हात नै समातेरै नेपाललाई निर्वाचन आयोगमा पुर्‍याएकी थिइन्, उनैले अहिले हराएको बताइएको छ ।

गुटबन्दीबाट गुज्रिरहेको नेकपा एसमा झाँक्रीको पराजयले हलचल नै ल्याएको छ । किनकी उनी सबैभन्दा सक्रिय नेतृ हुन् । विद्यार्थी राजनीतिदेखि नै सधैं चर्चामा रहँदै आएका झाँक्रीलाई नेकपा एसमा पुगेपछि भने उनलाई निर्वाचन फापेको छैन ।

गत संसदीय निर्वाचनमा २०७९ सालमा गुल्मीबाट प्रतिस्पर्धा गरेकी उनी नेकपा एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन् । जबकी उनलाई नेपाली कांग्रेसको समेत साथ थियो । तर विष्टसँग पराजित भएपछि उनले संसद्मा आफ्नो सक्रियता देखाउन पाइनन् ।

पाटीको सचिव रहँदै आएकी उनले उपाध्यक्षमा दाबेदारी दिएकी थिइन् । तर माधवकुमार नेपाल निकट नेताहरुले नै उनलाई हराउन सहयोग गरेको आरोप लागेको छ । उम्मेदवारी दिँदा नेपाल समूहको भनिए पनि मतदान गर्ने बेला यो समूहले बेग्लै सूची मतदातासमक्ष बाँडेको थियो । नेपाल समूहले झाँक्रीको सट्टा जयन्तीदेवी राईको नाम राखेर सूची वितरण गरेको थियो । यसले अध्यक्ष नेपाल स्वयम्ले झाँक्रीलाई धोका दिएको बताइएको छ ।

त्यसो त झाँक्री पछिल्लो समय नेतृत्वप्रति असन्तुष्ट थिइन् । उनले अध्यक्ष नेपालको आलोचनासमेत गरिरहेकी थिइन् । जुन उद्देश्यका साथ पार्टी स्थापना गरिएको हो, त्यसअनुसार अघि बढाउन नेतृत्वले नसकेको भन्दै उनले आलोचना गरेकी थिइन् । अझ उनी त पार्टी विभाजन गरेर नेकपा एस गठन गर्नु नै भुल भएको बताउन थालिसकेको बताइएको छ । यसले गर्दा पनि अध्यक्ष नेपालले चुनावमा उनलाई असहयोग गरेको हुनसक्ने आशंका छ ।

मतगणनाको सुरुदेखि नै पछि पर्न थालेको झाँक्री अन्तिममा फराकिलो अन्तरले पराजित भएकी हुन् ।

जयन्तीदेवी राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्र प्राप्त गरिन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् ।

यस्तै, उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए ।

यसैगरी सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेर बहादुर कुंवर, सोम प्रसाद पाण्डे, चन्द्र बहादुर शाही विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।