• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प ★   कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र ★   बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा ★   विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा ★   आइसिसी विश्वकप लिग–२: नेपाल र ओमान भिड्दै ★   निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ: अध्यक्ष… ★   इटहरीमा सुरुभयो बिजुली बस सेवा ★   अमेरिकाको न्यूयोर्कमा ओली–मोदी भेट्ने तयारी ★   सहकारी छानबिन प्रतिवेदन : तथ्यमा फरक कि बुझाइमा ? ★   प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान

हेर्ने कथाका पात्र प्रकाश : नागरिकता र सहयोगका लागि प्रधानमन्त्रीको अग्रसरत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथामार्फत् चर्चामा आएका प्रकाश तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले गएराति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था गर्न निर्देशन दिनुभएको हो । त्यस क्रममा अर्यालले दुई चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने बताउनुभएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले हेर्ने कथाकी प्रस्तोला विद्या चापागाईंलाई फोन गर्नुभएको थियो । तर त्यसबेला उहाँ व्यस्त भएकाले कुरा नभएपछि पछि सचिवालयमार्फते चापागाईं र तामाङसँग सम्पर्क भएको थियो ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत् प्रकाशलाई सहयोग गर्न देखाएको अग्रसरताबारे जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ–
शुभ बिहानी !!
हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।