१९ श्रावण २०८३, मंगलवार
,
Latest
सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह कान्तिपुर सेभिङ र पशुपतिसहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द पोखरामा एलपी ग्यासको आपूर्तिमा समस्या,सिलिण्डर बोकेर लाइनमा सर्वसाधारण गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्ने कथाका पात्र प्रकाश : नागरिकता र सहयोगका लागि प्रधानमन्त्रीको अग्रसरत



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथामार्फत् चर्चामा आएका प्रकाश तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले गएराति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था गर्न निर्देशन दिनुभएको हो । त्यस क्रममा अर्यालले दुई चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने बताउनुभएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले हेर्ने कथाकी प्रस्तोला विद्या चापागाईंलाई फोन गर्नुभएको थियो । तर त्यसबेला उहाँ व्यस्त भएकाले कुरा नभएपछि पछि सचिवालयमार्फते चापागाईं र तामाङसँग सम्पर्क भएको थियो ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत् प्रकाशलाई सहयोग गर्न देखाएको अग्रसरताबारे जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ–
शुभ बिहानी !!
हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।