५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रतिपक्ष दलका नेताले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो: काँग्रेस सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष दाहालको आक्रोश काँग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको बताउनु भयो । उहाँले विगतमा दाहाल नेतृत्वको सरकारका कामहरु पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रश्तुत हुन नसकेको बताउनु भयो । उहाँले सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालीन प्रतिपक्ष दललाई नै दिइएकाले विगतमा पनि सत्ता पक्षमा पुगेपछि प्रतिपक्षलाई नदिइएका धेरै उदाहरणहरु रहेको बताउनु भयो । उहाँले लेखा समितिको बारेमा पनि अध्यक्ष दाहाल जिम्मेवारीका साथ नबोलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छोटो समयमा उहाँले केही कुरा राख्नुभएको छ । आक्रोशपूर्ण अभिव्यक्ति छ । विशेष गरी काँग्रेस र एमालेप्रति छ । उहाँ गठबन्धनमा हुँदा पनि उहाँले गरेको देखिएको थियो । डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा बढी केन्द्रित हुनुभयो । लेखा समितिबारे पनि अलि जिम्मेवारीका साथ प्रश्तुत नभएको उहाँको कुरा देखिन्थ्यो । सत्ताबाट जानुभएको छ, आक्रोश छ । सार्वजनिक लेखा समिति आफू अनुकुल उठाउनुभएको हो । पहिला पनि यस्तो भएको छ तर प्रतिपक्षले पाउनुपर्ने कुरा नै हो । विगतमा उहाँहरु सत्तामा हुँदा नदिइएको कुरा पनि सत्य हो ।’

सांसद खतिवडाले सार्वजनिक लेखा समिति प्रतिपक्षले पाउनुपर्ने भएपनि विगतमा पनि नदिने गरेको उदाहरण रहेको बताउनु भयो ।