२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले एक हिसावले राजनीतिबाट सन्यास लिनुभयो: प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संसदमा अध्यक्ष दाहालले बोलेको कुरा नियाल्दा कुनैपनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भएपनि दाहालले अब माओवादी केन्द्र र आफू कुनैपनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नु सरह रहेको उल्लेख गर्नुभयो ।

उहाँले सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको सन्यासको घोषणा रहेको बताउनु भयो । उहाँले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भुमिकाबारे प्रश्न कुण्ठा व्यक्त गर्नुभएको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षको दलको नेताको भुमिकाबाट पनि छिटै नै जनताले हटाउने भन्दै अब धेरै समय कुर्नुनपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्य पुष्पकमल दाहालज्युले संसदमा बोल्दै गर्दा हामीले सुन्यौँ । हामीलाई लाग्यो, आजदेखि नेकपा ९माओवादी केन्द्र० र त्यसका अध्यक्ष पुष्पकमल दाहाज्युले संसदको रोष्टमबाट औपचारिक ढंगबाट अब म सत्ताको खेलमा छैन, हाम्रो पार्टी सत्ताको कुनैपनि खेलमा जाँदैन, उहाँले आफ्नो नाम फेरि पनि दोहार्‍याएर भन्नुभयो, प्रचण्ड यो खेलमा छैन भन्नुभयो, यसले के देखाउँछ माओवादी केन्द्रका अध्यक्षज्यु, संसदीय दलका नेताले एक प्रकारले भन्ने हो भने राजनीतिबाट सन्यास लिनुभयो । सत्ताको खेलबाट कहिले पनि यस खेलमा अघि नबढ्ने त्यो प्रकारको, सत्तामा नजाने गरीको, नजोडिने गरीको सन्यासको घोषणा गर्नुभयो । अर्कोतर्फ उहाँले सँगै भन्नुभयो, प्रतिपक्षको दलको नेताको कुरा पनि भन्नुभयो । सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी कन जे बताउनु भयो, उहाँलाई म प्रमुख प्रतिपक्षको जिम्मेवारी पनि सत्तापक्षले लिए हुन्छ जुन भन्नुभयो, धेरै समय कुनुपर्दैन । त्यो दिन आउँछ, जनताले नै उहाँलाई विपक्षी दलको नेताको हैसियत पनि प्राप्त नहुने परिस्थित पाउनु हुनेछ । उहाँ जसरी जान खोज्दै हुनुहुन्छ, संसदमा पूर्वप्रधानमन्त्रीले बोल्ने तरिका जुन प्रकारको कुण्ठा अभिव्यक्ति प्रकट गर्नुभयो,त्यसले उहाँ ठूलो दल बन्नेगरीको तयारीमा हुनुहुन्न भन्ने स्वयं भन्नुभएको छ ।’

प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गर्नुभएको बताउनु भयो ।