२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदीय समितिको निर्देशन: भाषण होइन काम गर्नुस्



अ+ अ-

काठमाडौँ । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई काममा बढी ध्यान दिन निर्देशन दिएको छ ।

मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भोषण भन्दा पनि काम गर्न आग्रह गर्नुभयो । उहाँले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताउनु भयो । उहाँले संसदीय समितिहरुको पनि कानून बनाउने तर कार्यान्वयन भए/नभएको निगरानी नगर्ने कमजोरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कृषिमा आधारित उद्योगहरु बढाउने विषयमा कमजोर भयौँ । कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउनु पर्‍यो । सरकारले उद्योगमा लगानीमैत्री वातावरण बनाउन सक्नुपर्छ । प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस् । प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस अहिले काम गर्नुस् । काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरुको भाषण सुनेर दिक्क भएका छन् । समितिहरुका कमजोरीहरु पनि छन् । विधायकी भुमिकामा बस्नेहरुको पनि निगरानी पुगेन । प्रधानमन्त्रीले बोलेको कुरा कानून हो । धेरै बोलेर के अर्थ हुन्छ । बोल्नु भएन काम गर्नुपर्‍यो ।’

उहाँले सरकारले कृषिमा आधारित उद्योगहरु बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन आग्रह गर्नुभयो ।