२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदीय समितिको निर्देशन: भाषण होइन काम गर्नुस्



अ+ अ-

काठमाडौँ । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई काममा बढी ध्यान दिन निर्देशन दिएको छ ।

मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भोषण भन्दा पनि काम गर्न आग्रह गर्नुभयो । उहाँले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताउनु भयो । उहाँले संसदीय समितिहरुको पनि कानून बनाउने तर कार्यान्वयन भए/नभएको निगरानी नगर्ने कमजोरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कृषिमा आधारित उद्योगहरु बढाउने विषयमा कमजोर भयौँ । कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउनु पर्‍यो । सरकारले उद्योगमा लगानीमैत्री वातावरण बनाउन सक्नुपर्छ । प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस् । प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस अहिले काम गर्नुस् । काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरुको भाषण सुनेर दिक्क भएका छन् । समितिहरुका कमजोरीहरु पनि छन् । विधायकी भुमिकामा बस्नेहरुको पनि निगरानी पुगेन । प्रधानमन्त्रीले बोलेको कुरा कानून हो । धेरै बोलेर के अर्थ हुन्छ । बोल्नु भएन काम गर्नुपर्‍यो ।’

उहाँले सरकारले कृषिमा आधारित उद्योगहरु बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन आग्रह गर्नुभयो ।