१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

वर्तमान सरकार लुटेराहरुको सरकार–प्रभु साह

वर्तमान सरकार लुटेराहरुको सरकार–प्रभु साह
अ अ+ अ-

काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बर्तमान सरकार लुटेराहरुको सरकार भएको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा मंगलवारदेखि शुरु भएको पार्टीको केन्द्रिय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने बताउनु भयो । प्रमुख पार्टीका शिर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाउनु भयो । अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्न नसकेको गुनासो गर्नुभयो । राज्यको मातहत रहेका संस्थाहरुलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाउनु भयो । जनतालाई करको बोझ बोकाएर सत्तामा बसेर लुट मच्चाईरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश असफलताको तदारमा छ । बर्बाद हुँदैछ । जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ । दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले मेरो विचारमा लाज पनि लजाएको छ । विश्वासमाथि पनि विश्वास छैन । जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईंहरुबाट ? यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ ।’

वर्तमान सरकार र दलहरुले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनाअन्दोलनको आवश्यकता रहेको बताउनु भयो । आम जनता पार्टीको केन्द्रिय समितिको बैठक मंगलवार र बुधवार चल्ने कार्यतालिका रहेको बताइएको छ । बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताउनु भयो ।