१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्छ: सचिव बिष्ट

उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्छ: सचिव बिष्ट
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्ने बताउनुभएको छ ।

आईतवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुख्खायाम र वर्षायामको विद्युत असन्तुलनलाई ब्यालेन्स गर्न जानुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले सौर्य उर्जामा उपलब्धि नदेखिएको उल्लेख गर्नुभयो ।

उहाँले प्रशारण लाइनमा निजी क्षेत्रलाई ल्याउने सन्दर्भमा पनि विद्युत विधेयकमा प्रश्तावित गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब जलाशयमा त हामी जानुपर्ने नै छ । उर्जा सन्तुलनको लागि पनि एकदमै जरुरी छ । सुख्खायाम र वर्षायामको जुन असन्तुलन छ, यसलाई ब्यालेन्स गर्नको लागि जानुपर्ने बाध्यता नै छ । सौर्य उर्जामा हामीले त्यत्ति धेरै अहिले पनि इपिसेन्सी प्राप्त गर्न नसकिरहेको अवस्थामा बाहिरको आयातलाई कम गर्ने हो भने हामी स्टोरेज आयोजनामा त जानैपर्छ । पञ्चेश्वरको सन्दर्भमा कहाँ पुगेको छ आयोजना । प्रशारण लाइनमा निजी क्षेत्रलाई ल्याउने सन्दर्भमा पनि विद्युत विधेयकमा प्रश्तावित छ ।’

सचिव बिष्टले खेर जाने बिजुलीका लागि बढी खपत हुने बजार खोज्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले आन्तरिक खपत बढाउने र खपत भएर बाँकी रहेको बिजुली मात्रै बेच्नेमा सबै राजनीतिक दलहरु सहमत हुनुपर्ने बताउनु भयो ।