२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्रको घोषणा: जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्छौं



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गर्नुभएको छ ।

आईतवार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई सचेत र संगठित गर्न आफूहरले चार महिने अभियान चलाएको बताउनु भयो । अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरुलाई लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने बताउनु भयो । उहाँले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने बताउनु भयो । उहाँले अब पनि अरुको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने बताउनु भयो । जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भुमिका खेल्नका लागि तयार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतालाई सचेत गर्ने, जनतालाई संगठित गर्नका लागि हामीले यो चार महिने अभियान चलाएका हौँ । यसपछि यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा हामीले जनताका मुद्दाहरुलाई लिएर जनताका सवाललाई लिएर हामी सडक संघर्षमा जानैपर्छ । यो मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन । अब पनि यिनीहरुकै भरमा देश र जनताको भविष्य छोड्ने कुरा हुँदैन । अब हामीले हस्तक्षेपकारी भुमिका सडकबाट जनताको बीचबाट खेल्नका लागि तयार रहनुपर्छ । त्यसको लागि यो तयार हो । अब संविधान संशोधनको कुरा आइरहेको छ । नेताहरुको भाषण सुनेँ, राजनीतिक स्थिरता भएन, त्यसकारण यो समानुपातिक समावेशी हटाउने पर्छ । समानुपातिक, समावेशीमा को परेका छन्, दलित, जनजाति, महिला, मुस्लिम परेका छन् । यिनीहरुको भागिदारी हुने हो भनेर हटाउने हो । त्यो हटाएर राजनीतिक स्थिरता हुँदैन ।’

अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताउनु भयो ।