• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

साफ यु–२० च्याम्पियनसिप: पहिलो हाफमा नेपाल र भुटानको गोलरहित बराबरी



काठमाडौं। साफ यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल र भुटानको बराबरी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपाल र भुटानबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

लगातार प्रयास गरेपनि दुवै टोलीले गोल गर्न सकेनन्। खेलको दोस्रो हाफ पनि बराबर भएमा सिधै टाइब्रेकरबाट खेलको निर्णय हुनेछ ।

दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।