२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड तथा हातपात



अ+ अ-

काठमाडौँ । बुटवलको डेल्टा मार्ट परिसरमा आईतवार ९आज० देखि शुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ ।

मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरुमाथि हातपात भएको हो । नेपाली लुगा घरको आयोजनामा दशैँसम्म मेला लाग्ने बताइएको थियो । उक्त मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो ।

बिहान करिव ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरु तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरुलाई समेत हातपात गरेका थिए । मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए ।