२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छ: अध्यक्ष अग्रवाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालमा हाल करिव एक हजार १५० वटा वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरु आयात हुने गरेको बताउनु भयो । उहाँले अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको बताउनु भयो ।

उहाँले यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरुको बजारलाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आयातित वस्तुमा निगरानी नहुने गरेको पनि बताउनु भयो । उहाँले स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरु गुणस्तरीय हुन आवश्यक भएको बताउनु भयो । उहाँले भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा हाल करिव ११५० वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिएको छ । तर सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरु आयात हुने गरेको देखिन्छ । अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन छैन । त्यसले उपभोक्ता अधिकार हनन त गरेको छ नै स्वदेशमा उत्पादन हुने वस्तुहरुको बजारलाई समेत नकारात्मक असर गरिरहेको छ । स्वदेशी सबै उत्पादन तथा उत्पादकहरुमा गुणस्तरीय मापदण्ड लागू हुन्छ, सबै उत्पादकहरुले गुणस्तरीय मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ ।

स्वदेशी उत्पादन तथा उत्पादकहरुले गुणस्तरीय मापदण्ड पूरा गरे/नगरेको निगरानी गर्न धेरै निकायहरु पनि छन् । तर आयातित वस्तुमा निगरानी गरिएको पाइँदैन । स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरु गुणस्तरीय हुन अत्यन्त आवश्यक छ । त्यसैले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न पनि अनुरोध गर्दछु । भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गर्दछु ।’

अध्यक्ष अग्रवालले आयातित वस्तुमा पनि लेभलिङ अनिवार्य गर्नुपर्ने बताउनु भयो । आयातित वस्तुमा लेभलिङ लगाइएको तर भन्सार पास भएपछि मात्रै लगाइने गरेको भन्दै आयातित वस्तुमा भन्सार बिन्दुमै लेभलिङ गर्न माग गर्नुभयो । उपलब्ध भएसम्म स्वदेशी वस्तुलाई खरिद गर्ने कुरा कडाईका साथ लागू गर्न आग्रह गर्नुभयो ।