२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोरम्बा–शैलुङमा गएको पहिरोमा २ जनाको मृत्यु, ८ बेपत्ता



अ+ अ-

रामेछाप । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर २ जानको मृत्यु भएको छ । गएराति १ बजे गएको पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् ।

पहिरोमा परेर मृत्यु भएका २ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिएका छन् ।

भीषण वर्षापछि आएको पहिरामा टोकरपुर लेकखर्कको ४ वटा घर बगाएको छ । पहिरोले गाउँपालिकाको २ र ३ नम्बर वडा जोडने ढाईगाउँ खोलाको पक्की पुल बगाएको छ ।

पहिरो गएको गाउँ जानेबाटो वर्षाले क्षति गरेकाले उद्धारमा कठिनाइ भएको छ ।