१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस



अ+ अ-

काठमाडौ । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको  छ ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  आज राती १२ बजेबाट लागू हुनेगरी  संसद अधिवेशन अन्त्य  गर्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिनु भयो ।

चालू अधिवेशन भदौ २३ मा सुरु भए पनि सभामुखको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै  प्रमुख प्रतिपक्षी दल नेकपा एमालले वेल घेराउ गर्दै आएको छ ।

सहज रुपमा संसद सुचारु हुन नसकेको अवस्थामा सरकारले चालु अधिबेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।