४ आश्विन २०८१, शुक्रबार
,
Latest
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटीको अर्को बैठक २८ गते बस्ने



अ+ अ-

काठमाडौँ । आन्तरिक विवादका विषयमा छलफल गर्न आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेसम्मका लागि स्थगन भएको छ । स्थायी कमिटीको बैठकका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभई पार्टीलाई विभाजनका डिलमा पुर्याउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाउनुभएको थियो । बैठकमा अध्यक्ष ओलीको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । शीर्ष नेताबीच अनौपचारिक छलफल गरेर सहमति खोज्ने प्रयास पनि जारी रहेको जनाइएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन ९पत्र० स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष  ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित प्रस्ताव पत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।