१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सर्वदलीय बैठक बस्ने



अ+ अ-

काठमाडौं । आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक आज बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार

मुलुकमा देखिएका विभिन्न राजनीतिक समस्या र कोभिड व्यवस्थापनबारे प्रमुख दलका प्रतिनिधिहरूसँग छलफल गरी उपयुक्त निकास निकाल्ने उद्देश्यसहित प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । 

बैठकमा पछिल्ला दिनमा राजावादीहरूले विभिन्न जुलुस र धर्ना कार्यक्रम आयोजना गरी संघीय शासन प्रणालीमाथि नै घृणा जगाउन खोजेकाले यस विषयमा गम्भीर रूपमा छलफल हुने बताइएको छ । संसद्का प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बैठकमा बोलाइएको भए पनि राजावादी आन्दोलनलाई सहयोग गर्ने दलका प्रतिनिधिहरूलाई भने बैठकमा बोलाइएको छैन ।