४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालबालिका सडकमा हुनु नहुने बताउनु भयो । उहाँले बालबालिकाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताउनु भयो । उहाँले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताउनु भयो । उहाँले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बालबालिकाको स्याहरसम्भार, अहिले यहाँहरुले याद गर्नुभयो होला । बालबालिका सडकमा हुनु हुँदैन । खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ । सरकारमा आउने बित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु, की एक वर्ष भित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ । हाम्रा छोराछोरी, हाम्रा बालबच्चाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन । सरकारले त्यसको जिम्मा लिनुपर्छ । त्यसकारण सरकारले त्यसको जिम्मा लिन्छ । बालबालिकालाई सडकमा अलपत्र भएको हामी हेर्न सक्दैनौँ । त्यसकारण तिनीहरुको रेखदेख, तिनीलाई सन्तुलित आहार दिने, तिनीहरुको स्याहारसम्भार गर्ने, तिनीहरुलाई स्नेह दिने, तिनीहरुको उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने हो । शारीरिक, मानसिक अवसरहरु उपलब्ध गराउनु पर्छ । त्यो कुरामा हामी ध्यान दिन्छौँ ।’

प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताउनु भयो । युवाहरुलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको बताउनु भयो ।