४ आश्विन २०८१, शुक्रबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी



अ+ अ-

काठमाण्डौ। नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्।

मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पेवालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

यो सहकार्यसँग अब नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत आफ्नो नमस्तेपे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन्।

सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिनसक्ने बताउनु भयो । उहाँले भन्नुभयो ,‘डिजीट़ाइजेसनमा महत्वपुर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’

नमस्ते पे वालेटका डेपुटी सीईओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भन्नुभयो , ‘नमस्तेपेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ।’उनले यो साझेदारीले नमस्तेपेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताउनु भयो ।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एन बैंक एप प्रयोगकर्ताहरूले अब ई–सेवा, खल्ती, र नमस्तेपे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन्।यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन्।

नबिल बैंकले २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।