२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीहरुको पर्खाइमा परिवार



Protesters climb a public monument as they celebrate after getting the news of Prime Minister Sheikh Hasina’s resignation, in Dhaka, Bangladesh, Monday, Aug. 5, 2024. (AP Photo/Rajib Dhar)
अ+ अ-

एजेन्सी । बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तीहरु मङ्गलबार रिहा भएसँगै उनीहरुको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।

“हामीलाई जवाफ चाहिन्छ”, हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसहरूको रिहाईको माग गर्दै अभियान चलाइरहेको “आमाहरूको आह्वान” समूहका संयोजक सन्जिदा इस्लाम तुलीले भन्नुभयो ।

अधिकारकर्मीहरुले हसिनाको सुरक्षा बलले विशेष गरी प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी ९बिएनपी० र देशको सबैभन्दा ठूलो इस्लामवादी पार्टी ’जमात–ए–इस्लामी’का कार्यकर्तासहित लगभग ६०० जनालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन् ।

टुलीले बताएअनुसार कम्तिमा २० परिवारहरू बन्दी बनाइएको आफन्तको खबरको प्रतिक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवन बाहिर भेला भएका छन् ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले सोमबार हसिनाले हप्तौंको विरोध प्रदर्शनपछि राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो ।

हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने साथै प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने निर्णय भएको थियो ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष ७८ वर्षीय पूर्व प्रधानमन्त्री जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो ।

विपक्षी कार्यकर्ता र वकिल अहमद बिन कासेम पनि मङ्गलबार रिहा हुनुभएको हो । “उहाँलाई आज बिहान गोप्य नजरबन्दबाट रिहा गरिएको छ”, पारिवारिक साथी र आफन्त मासुम खलिलीले बताउनुभयो ।

हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैरन्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ ।

सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १०० जना अझैपनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो ।

हसिनाको सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोप अस्वीकार गर्दै आएको छ ।