१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका विरुद्धमा देशैभर प्रदर्शन गर्ने भएको छ। कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्धमा ७७ जिल्लामा प्रदर्शन गर्न लागेको हो।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तनहुँलगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेको भन्दै देशैभर प्रदर्शन गर्न लागिएको बताएका हुन् । 

‘यही मंसिर २९ गते सोमबार ७७ जिल्लामा हामी एकसाथ सडकमा ओर्लन लाग्दैछौँ, विसंगतिहरुको विरुद्धमा, लोकतन्त्रको पक्षमा। तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ ?’ प्रवक्ता शर्माद्वारा सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक भिडियोमा भनिएको छ, ‘जनता कोरोनाको मारमा रहेको, सरकार सत्ताको जित हारमा छ तपाईं सरकारलाई कडा दबाब दिन चाहनुहुन्छ भने मंसिर २९ गते सडकमा आउनुहोस्।’

मंसिर २९ मा हुने सभामध्ये हेटौंडामा सभापति शेरबहादुर देउवाले र काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय रहेको छ। देशैभर हुने प्रदर्शनमा केन्द्रीयस्तरका नेताहरूले सबै जिल्लामा सम्बोधन गर्ने कार्यक्रम छ।