१९ माघ २०८१, शनिबार
,
Latest
कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुष १ गते सम्मका लागि स्थगित भएको छ  । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठले केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै पुष १ गते सम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शोक–प्रस्ताव पारित गरेर बैठक स्थगित भएको बताउनुभयो । 

बैठकमा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावस्यक रुपमा मुछेर प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीको स्थायी कमिटीको बैठकमा २५ गते हाम्रो पार्टीको केन्द्रीय कमिटीका सदस्य एवं पूर्व सांसद तथा राजदूत कमानसिंह लामाको दुखद निधन भएकोमा बैठकले गहिरो शोक व्यक्त गर्याे । नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलनमा सानो उमेर देखिनै निरन्तर संघर्षरत लामाको योगदानलाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदान्जली ग¥यो र शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त ग¥यो । 

आजकै बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुखित रहेको यस घडिमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित समान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर जुन प्रचार भएको छ त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि अनुरोध गर्नुभएको छ । बैठकलाई उहाँले आफुले समेत लामा र सम्बन्धित हाइड्रोपावर प्राजेक्टको व्यक्तिलाई सँगै राखेर पनि कुरा गरेको र प्रवक्ताले तपाईहरु सबै आफ्नै साथीहरु भएकोले मिल्नुहोस भन्ने बाहेक अरु कुनैपनि कुरा नभएकोले त्यस प्रकारको भ्रममा नपर्न पनि अनुरोध गर्नुभयो । त्यसपस्चात आजको बैठक पुष १ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।’

शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी पुष १ गते बस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।