२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक खेलकूद: ४१ देशले पदक जिते, चीन पहिलो



अ+ अ-

पेरिस ओलम्पिकमा बुधबार रातिसम्म विश्वका ४१ देशले पदक जितेका छन् । पछिल्लो पदक तालिका अनुसार चीनले ९ स्वर्ण, ७ रजत र ३ कास्य सहित १९ पदक जितेर पदक तालिकामा शीर्ष स्थानमा छ ।

यस्तै, फ्रान्सले ८ स्वर्ण, १० रजत र ८ कास्य सहित २६ पदक जितेर दोस्रो तथा जापानले ८ स्वर्ण, ३ रजत र ४ कास्य सहित १५ पदक जितेर तेस्रो स्थानमा छ ।

पदक तालिकामा चौथो स्थानमा रहेको अस्ट्रेलियाले ७ स्वर्ण, ६ रजत र ३ कास्य सहित १६ पदक जितेको छ भने बेलायत र दक्षिण कोरियाले समान ६–६ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, संयुक्त राज्य अमेरिकाले ५, इटालीले ३, क्यानडा, जर्मनी र हङकङले समान २–२ स्वर्ण पदक जितेका छन् भने १६ वटा देशले १–१ स्वर्ण पदक जितेका छन् ।

दक्षिण एसियाको खेल पावर हाउस भारतले हालसम्म २ वटा कास्य पदकमा चित्त बुझाउनु परेको छ ।

नेपाल सहित पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तानले एक पदक पनि हासिल गर्न सकेका छैनन् ।