४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको जिल्लामा पुगेर डा.महतले भने- ‘यो सरकार असफल भैसक्यो’



अ+ अ-

झापा । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार पूर्णतः असफल भैसकेको बताएका छन् । नेपाली काँग्रेसको देशव्यापी विरोध सभाअन्तर्गत आज प्रधानमन्त्रीको जिल्ला झापा खटेका डा. महतले त्यहाँ आयोजित काँग्रेस सभालाई सम्बोधन गर्दै भने- यो सरकारलाई सफल भन्ने कुनै पनि आधार छैनन्, सबै हिसाबले असफल भैसकेको छ।
 
डा. महतले सरकारले जनताका अप्ठेराहरुलाई सम्बोधन गर्ने कुनै पनि काम गर्न नसकेको दलिल पेस गरे । डा.महतको तर्क थियो- 'जनताका नाममा ठूला गफमात्र दिने तर काम भने नगर्ने यो सरकारको बानी नै परेको छ ।'

देशमा महामारीका बेलामा पनि भ्रष्टाचार गरेको, औषधिमा समेत कमिसन खान नछोडेको र जसका कारण देशव्यापी रुपमा विरामी तथा संक्रमित नागरिकहरुमा निराशा बढेको, आफ्नै कार्यकर्ता तथा आफन्तलाई मात्र सरकारी निकायमा नियुक्त गर्ने गरेको भन्दै डा.महतले अब भने नेपाली जनताले कम्युष्टिको शासन कस्तो हुदो रहेछ भन्ने बुझेका बताए । 

अब नेपाली जनता सहनै नसक्ने गरी कुशासनको चक्रमा परेकाले आफै सडकमा निस्किएका उनले बताए । सहमहामन्त्री डा।महतले नेपाली काँग्रेसले अब सरकारका यी अनेक काण्डहरुको पर्दाफास गर्दै देशव्यापी रुपमा सरकारको विरुद्धमा आन्दोनमा उत्रिने बताए । 

नेपाली जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्नेतर्फ नभएर सरकार आफै कमाउ धन्दामा लागेको उनको आरोप थियो । 'सरकारलाई कसैको मतलब छैन कमाउने मात्र काम गरिरहेको छ जुनकुरा जनताले देखिरहेका छन्' उनले भने । 

डा.महतले भने 'नेकपाकै नेता प्रचण्डले सरकारका काम कारबाही र प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई कसरी प्रस्तुत गरेका छन् त्यो हेरेपछि सबै कुरा छर्लंग नै हुन्छ हामीले केही भनिरहनै पर्दैन ।'   

काण्डैकाण्डले सरकार इतिहासमै अति अलोकप्रिय भएको जसलाई अब आफ्नै कार्यकर्ताले पनि नरुचाएका उनले बताए । डा।महतले भने, यतिखेर सडकमा राजावादी तथा अनेक तत्वहरुको प्रदर्शन पनि सरकारकै कुशासनका कारण भएको उनको दाबी थियो । 

उनले भने- जनतामा यति निराशा बढेको छ कि अब सडकमै आएर सरकारप्रति असन्तुष्टि देखाउन थालिसकेका छन् । 

आज नेपाली काँग्रेसले आज देशव्यापी रुपमा विरोध सभाहरु गरिरहेको छ । यस क्रममा नेपाली काँग्रेसले सहमहामन्त्री डा.महतलाई झापा खटाएको थियो । झापमा आज विशाल जुलुश निस्किएको र पछि सभामा परिणत भएको थियो ।