६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमास नेता इस्माइल हानिये इरानमा मारिए



अ+ अ-

इजरायली विशेष सैन्य कारबाहीमा हमास नेता इस्माइल हानिये इरानमा मारिएका छन् । उनी गत मंगलबार मात्र नवनिर्वाचित इरानी राष्ट्रपति मसूद पेजेस्किएनको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन इरान पुगेका थिए ।

इरानले हानियेको मृत्युको बारेमा अनुसन्धान गर्ने बताएको छ ।

इस्लामिक लडाकू समूह हमासले इजरायले गरेको गुप्त सैन्य कारबाहीमा इरानको तेहरान स्थित निवासमा आफ्ना नेता मारिएको दाबी गरेको छ । यद्यपी इजरायलले उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन ।

हानिये सन् २००६ मा छोटो अवधिका लागि प्यालेस्टिनी प्रधानमन्त्री समेत बनेका थिए । उनी सन् २०१७ मा हमासको राजनीतिक ब्युरोका प्रमुखका रुपमा निर्वाचित भएका थिए । तर उनका गतिविधिको विरोध गर्दै अमेरिकाले उनीमाथि सन् २०१८ मा आतंककारीको सूचीमा राखेको थियो ।

उनी केही वर्षदेखि कतारमा शरण लिएर बस्दै आएका थिए ।