२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राख्नुभएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात न्युज एजेन्सी नेपालसँग प्रारम्भिक प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो ।

उहाँले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गर्नुभयो । उहाँले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताउनु भयो । उहाँले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताउनु भयो ।

उहाँले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताउनु भयो । उहाँले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताउनु भयो । उहाँले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताउनु भयो । उहाँले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गर्नुभयो । उहाँले मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा त्यही अनुसार आउन आश्वयक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘१२।५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य राखेको देखियो । निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको देखियो । बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म भनेको थियो । त्यसले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गरेको देखियो । विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको छ । यसरी हेर्दा मौद्रिक नीतिले बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिन्छ । निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गर्ने भनिएको छ ।

मौद्रिक नीतिले सकारात्मक देखिएको छ । शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेज गरेको छ । त्यसले पनि मौद्रिक नीति सकारात्मक छ । निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर बनाएको थियो । त्यसलाई मौद्रिक नीतिले सम्बोधन गरेको छ । मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई सम्बोधन गर्न खोजेको छ । मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा नआउने गरेको छ । सर्कुलरमा पनि त्यही अनुसार आउनुपर्छ । मौद्रिक नीतिले मात्रै निजी क्षेत्रको आत्मवल बढाउने होइन । सरकारको स्थिर नीति लगायत स्थिर सरकारले फरक पर्छ । मौद्रिक नीति सहज आएको छ । त्यसले केही हदसम्म आत्मबल बढाउन सहयोग पुर्‍याउँछ ।’

उहाँले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राख्नुभयो ।