२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त, सुरक्षा र निमेषको प्रमुख भूमिका



अ+ अ-

काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ। केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो चलचित्रलाई निर्देशन गर्दैछन्।

निमेष आफैले अभिनेत्री सुरक्षा पन्तसँग यस चलचित्रमा स्क्रिन शेयर गर्दैछन्। शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो। मुहूर्तमा सुरक्षा र निमेशसहित चलचित्रका प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस चलचित्रमा सुरक्षा, निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहनेछ। यसै वर्ष रिलिज लक्ष्य राखिएको चलचित्रलाई निमेष श्रेष्ठ र ईशा थापाले लेखेका हुन्।

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका श्रेष्ठले यो चलचित्र ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने बताए। चलचित्रको विषयबारे बोल्दै उनले भने, “अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौँ।”

यसमा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ।