१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन



अ+ अ-

काठमाडौँ । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको, प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष श्री लिला प्रकाश सिटौलाले आज एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गर्नुभयो ।

सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उहाँले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।

सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनज्युले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गर्नुभयो साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री भीष्मप्रसाद उप्रेतीज्युले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुद्धनगर – १०, नयाँबानेश्वर काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी रु २०,००,००,०००.००(अक्षरेपि बिस करोड मात्र) रहेको छ ।