२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईजीमा सिफारिस भएर पनि बढुवा नभएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दायर गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको रिट दायर गर्न आदेश गरेको हो। उनी एआईजीमा सिफारिस भएर पनि बढुवा नभई अवकाश पाएका थिए।

यसअघि सर्वोच्च अदालत प्रशासनले पोखरेलको रिट निवेदन दरपिठ गर्ने निर्णय गरेको थियो। रिट दरपीठ भएपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए ।

गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले १० असारमा पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो । तर समयमा बढुवा नगर्दा उनले डीआईजीमा अवकाश पाएका थिए।

गृहमन्त्रालयले सोमबार मात्र रिक्त रहेको एआईजीमा दरबन्दीमा डीआईजी रामदत्त जोशीलाई सिफारिस गरेको थियो।