काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ८२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। ५ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गराउँदा ७ सय ८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय ९ हजार ३१७ संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार मात्र कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ।यस्तै शुक्रबार १ हजार २९ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४.६प्रतिशत हो।
मन्त्रालयको अनुसार ४२७ जना क्वारेन्टिन र ९ हजार ३१७ आइसोलेसनमा रहेको छ। कोरोनाका गम्भीर २८३ जनाको आइसीयूमा र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।











