८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता

सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छः काँग्रेस प्रवक्ता महत

सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छः काँग्रेस प्रवक्ता महत
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी सरकारले काम गर्ने बताउनु भएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुमाझ उहाँले सो कुरा बताउनुभएको हो । प्रवक्ता महतले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने संकल्प दुई ठूला दल नेतृत्वको सरकारले लिएकाले त्यसमा सफल हुने दाबी समेत गर्नुभयो । उहाँले सरकार बनेलगत्तै निजी क्षेत्रको आत्माविश्वास बढेको संकेत देखिएको थालेको जिकीर गर्दै पार्टी र व्यक्तिभन्दा माथि उठेर सरकारले काम गर्नुपर्ने बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘यो सरकार बनेको नै काम गर्नका लागि हो । अहिलेसम्म जति पनि परीक्षण भयो । त्यसले अस्थिरता झनझन थप्यो । त्यसो हुनाले देशका सबभन्दा ठूलो दलहरु दुई वटा दल र अरु दलहरुससमेत सम्मिलित यो सरकार बनेको छ । यो दुई वटा दलको जुन अनुभव छ । लोकतन्त्रप्रतिको प्रतिवद्धता छ । र जतिपनि लोकतान्त्रिक आन्दोलन भएका छन । ती आन्दोलनको नेतृत्व गरेको छ । त्यस अर्थमा अहिले नेपाली जनताले काँग्रेस र एमाले मिलिसकेपछि देशमा गुणात्मक अन्तर आउँछ । स्थायित्व आउँछ । र अर्थतन्त्र चलायमान हुन्छ ।निजी क्षेत्रको आत्माविश्वास बढछ भन्ने संकेतहरु पनि देखिन थालेका छन । त्यस अर्थमा मलाई लाग्छ यो सरकार सफल हुन्छ ।

यद्यपि चुनौति छैन भन्ने होइन । चुनौति धेरै छन । त्यसका लागि मेहनत गर्नु पर्छ । र एउटा समन्वयका साथ काम गर्नुपर्छ । र गत समयका कमीकमजोरीहरुबाट सिक्नु पनि पर्छ । त्यो भयो भने यसले परिणाम दिन सक्छ । र नेपाली जनताले जुन आशा अहिले गरेका छन कि यो दुई दल मिलेर बनेको सरकारले डेलिभरी गर्छ भनेर जुन आशा गरेका छन । त्यो आशा विश्वासमा परिणत हुन्छ । त्यसका लागि मेहनत गर्नु पर्छ । अनेष्टली हामीले काम गर्नुपर्छ । र सुशासनका लागि हामी पूर्ण रुपमा कृत संकल्पित हुनुपर्छ भन्ने मलाई लाग्छ ।

विपक्षमा बसेका दलहरुको पनि सकारात्मक सुझावलाई हामीले ग्रहण गर्नुपर्छ । जनताका लागि हामीले काम गर्नु पर्छ देश र जनताभन्दा अरु ठूलो छैन । सरकारले पार्टी र व्यक्तिभन्दा माथि उठेर काम गर्नुपर्छ ।’

प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सबै दलको सकारात्मक सुझावलाई ग्रहण गरेर अघि बढने बताउनु भयो ।