८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति जनमतको आपत्ति

दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति जनमतको आपत्ति
अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति आपत्ति जनाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ४० लाख भन्दा बढी दलित र १५ लाख भन्दा बढी मुस्लिम समुदायको जनसंख्या भएपनि उनीहरुको उपस्थिति मन्त्रीपरिषद्मा हुन नसकेको बताउनु भयो ।

उहाँले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनुु आवश्यक रहेको बताउनु भयो । उहाँले सडक शान्त हुँदा संसद निरंकुश बन्ने बताउनु भयो । उहाँले प्रतिपक्षको आवाज बलियो र मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक न्यायको कुरा आउँदा नेपालमा ४० लाख भन्दा बढी दलित समुदायको जनसंख्या भएपनि १५ लाख भन्दा बढी मुस्लिम समुदायको जनसंख्या भएपनि उहाँहरुको उपस्थिति मन्त्रीमण्डलमा नहुनु कुन प्रकारको सामाजिक न्याय हो ? भन्नेकुरा सदनले सोच्न जरुरी छ ।

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनुु आवश्यक छ, जब सडक शान्त हुन्छ, तब सरकार निरंकुश हुन्छ । जब प्रतिपक्ष कमजोर हुन्छ भने सदन निरंकुश हुन्छ । त्यसकारण प्रतिपक्षको आवाज पनि बलियो, मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्छ ।’

सांसद खानले पार्टीभक्तिलाई छोडेर पार्टीभित्र आलोचना, आत्मालोचना गर्न आवश्यक रहेको बताउनु भयो ।