२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति जनमतको आपत्ति



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति आपत्ति जनाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ४० लाख भन्दा बढी दलित र १५ लाख भन्दा बढी मुस्लिम समुदायको जनसंख्या भएपनि उनीहरुको उपस्थिति मन्त्रीपरिषद्मा हुन नसकेको बताउनु भयो ।

उहाँले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनुु आवश्यक रहेको बताउनु भयो । उहाँले सडक शान्त हुँदा संसद निरंकुश बन्ने बताउनु भयो । उहाँले प्रतिपक्षको आवाज बलियो र मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक न्यायको कुरा आउँदा नेपालमा ४० लाख भन्दा बढी दलित समुदायको जनसंख्या भएपनि १५ लाख भन्दा बढी मुस्लिम समुदायको जनसंख्या भएपनि उहाँहरुको उपस्थिति मन्त्रीमण्डलमा नहुनु कुन प्रकारको सामाजिक न्याय हो ? भन्नेकुरा सदनले सोच्न जरुरी छ ।

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनुु आवश्यक छ, जब सडक शान्त हुन्छ, तब सरकार निरंकुश हुन्छ । जब प्रतिपक्ष कमजोर हुन्छ भने सदन निरंकुश हुन्छ । त्यसकारण प्रतिपक्षको आवाज पनि बलियो, मुलुकको हित र समृद्धि एवं अग्रगमन परवर्तनको लागि हुनुपर्छ ।’

सांसद खानले पार्टीभक्तिलाई छोडेर पार्टीभित्र आलोचना, आत्मालोचना गर्न आवश्यक रहेको बताउनु भयो ।