८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव

वर्तमान गठबन्धन कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज होः सचिव विष्ट

वर्तमान गठबन्धन कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज होः सचिव विष्ट
photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताउनुभएको छ ।

आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै सचिव विष्टले यस्तो बताउनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार सत्ताका लागि काँध फेर्ने प्रवृत्तिका कारण नयाँ गठबन्धन बनेको बताउनु भयो । उहाँले एमाले र काँग्रेसले काँध थापिरहँदा पनि नरम काँध खोज्ने प्रवृत्तिले उपज नै नयाँ गठबन्धन भएको बताउनु भयो । सचिव विष्टले बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको बताउनु भयो ।

उहाँले वर्तमान गठबन्धन कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्ने समेत बताउनु भयो। उहाँले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताउनु भयो ।

उहाँले पूर्वप्रधानमन्त्री दाहालले सरकारबाट बाहिरिने बित्तिकै लोकतन्त्र खतरामा परेको भन्दै गरेको प्रचारमा कुनै तर्क नरहेको दाबी गर्नुभयो । उहाँले आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने र आफू सत्ता बाहिर हुँदा लोकतन्त्र खतरामा पर्ने के लोकतन्त्र कुनै दलले निर्धारण गर्ने हो रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘रातमा वा दिनमा जुनसुकै बेला भएको सहमति भएपनि देशलाई अग्रमण र समस्या समाधान गर्छ भने रात र दिनको प्रश्न उठाएर वर्तमान गठबन्धनप्रति अविश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन कहिले यो काँधमा कहिले त्यो काँधमा हुने,दुवै काँधले थामिरहेको छ । काँध थाप्दा थाप्दा थाकि रहनेहरुले काँध थापि रहँदा पनि यो काँध भन्दा त्यो काँध नरम छ की त्यो काँध भन्दा यो काँध नरम छ । नरम काँध खोज्दै खोज्दै काँध बदल्ने प्रवृत्तिको उपज हो । वर्तमान गठबन्धन । अरु केही भएको छैन । बाधको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको छ । त्यति मात्रै भएको छ । कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्छ । देश ठिक ढङ्गले अघि बढेको छ ।’

उहाँले काँग्रेस–एमाले गठबन्धनले लुकेर संविधान संशोधन गर्न लागेको भन्दै गरेको प्रचारमा कुनै सत्यता नभएको दाबी गर्नुभयो । उहाँले संविधान संशोधन लुकेर नगरिने बताउनु भयो ।