२ पुष २०८२, बुधबार
,
Latest
नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार? जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी शीर्ष नेताले गरे मतदान, ई–भोटिङमा समय लाग्दा प्रतिनिधि लामबद्ध स्याउला काट्न गएकी वृद्धाको भिरबाट लडेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै प्रतिपक्षको आपत्ति



अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दलहरुले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ ।

आईतवारको आकस्मिक समयमा बोल्दै प्रतिपक्ष दलका सांसदहरुले उपसभामुखप्रति मिडिया ट्रायल भएको बताएका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि उपसभामुखमाथि आरोप लगाएर चरित्रहत्या गर्ने काम भएको बताउनु भयो ।

उहाँले मान्छेको चरित्र हत्या गर्ने काममा संसदले न्याय दिनुपर्ने बताउनु भयो । उहाँले राजनैतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिने बताउनु भयो । उहाँले संवैधानिक परिषद्मा अल्पमतमा परेपछि आरोप लगाइएको भए प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उपसभामुखको विषय अहिले भर्खर आयो । एक वर्षअघिको कुरा र खासगरी राजनैतिक र नैतिक प्रश्न यो हो । यसलाई स्वीकार गर्नुपर्छ ।

संवैधानिक परिषद्मा तपाईंहरु अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ त्यसलाई हाइलाइट गरिएको छ, यदी साँच्चै त्यो कुरा हो भने मान्छेको आफ्नो अधिकारको प्रति, आफ्नो चरित्रहत्या गर्नेकाप्रति यो संसदले पनि न्याय गर्नुपर्छ । राजनैतिक र नैतिक प्रश्नका बारेमा छलफल गर्न सकिन्छ । संवैधानिक परिषद्मा तपाईंहरुलाई रातारात केके निर्णय गर्न परेको छ, त्यो उद्देश्यबाट प्रेरित गरिएको हो भने हामी प्रतिपक्षले सशक्त ढंगले प्रतिवाद गर्दछौँ ।’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको नामबाट मिडिया ट्रायल भएकोप्रति आपत्ति जनाउनु भयो । उहाँले आचरणको कुरा गर्ने हो भने सबै सांसदको आचरण हेर्नुपर्छ भन्दै आक्रोश व्यक्त गर्नुभयो । उपसभामुखमाथि छानबिन गर्ने भए पार्टी पनि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपसभामुख इन्दिरा रानाको नामबाट जुन मिडिया ट्रायल भइरहेको छ, यसमा म घोर आपत्ति जनाउन चाहन्छु । यदी साँच्चै नै गर्ने हो भने पहिला बुझौँ । यदी हामीले आचरणको कुरा गर्छौं भने ल गरौँ । सबै जनाको आचरण हेरौँ । सबै जनाको लेटरप्याडबाट केके निस्किएको छ हेरौँ । तपाईंहरुलाई मन लाग्यो मिडिया ट्रायल ग¥यो, मानव तस्करी भन्ने जस्तो ठूलो आरोप यस्तो आनन्दका साथ तपाईंले डिक्लियर गर्नुभयो । डिक्लियर गर्नुुस् न त भूटानी शरणार्थी कसले गरेको हो भनेर । त्यो आँट छ । एउटा महिला जसले डिफिकल्ट टायमबाट यहाँ आउनुभएको छ, उहाँलाई हेप्न नखोज्नु होला । एक वर्षअघि देखि हातमा पत्र बोकेर बस्नुभएको रहेछ त कुन बेला ठोकौँ भनेर । यो छानबिन गर्ने भए गरोस्, पार्टी पनि तयार छ ।’

उहाँले आफूहरु चरित्र हत्याको लागि तयार नरहेको बताउनु भयो ।