८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

बंगलादेशमा प्रभावित नेपालीलाई स्वदेश फिर्ता ल्याउने सहज वातावरण बनाउन काँग्रेसको आग्रह

बंगलादेशमा प्रभावित नेपालीलाई स्वदेश फिर्ता ल्याउने सहज वातावरण बनाउन काँग्रेसको आग्रह
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नेपाली नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रवन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आईतवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताउनु भयो । उहाँले संसदीय दलको बैठकले बंगलादेशमा चलिरहेको आन्दोलनबाट त्यहाँ रहेका नेपाली विद्यार्थी र नागरिकलाई स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेको बताउनु भयो ।

उहाँले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै सरकारलाई त्यसप्रति गम्भीर बन्न आग्रह गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बंगलादेशमा चलिरहेको आन्दोलनमा नेपाली विद्यार्थी र अन्य नेपाली नागरिक समेत प्रभावित भइ स्वदेश फिर्तीमा समेत समस्या भइरहेको समाचार आइरहेको हुँदा उनीहरुको सुरक्षा र उनीहरुलाई स्वदेश फिर्तीको सहज व्यवस्था गर्न सरकारसँग माग गर्दछ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको छ । केहीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । मृतकप्रति श्रद्धाञ्जली र उनीहरुका परिवारमा समवेदना प्रकट गर्दै उचित राहतको व्यवस्था गर्न र बेपत्ताको खोजि कार्य तिब्र बनाउन र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गर्दछौँ । सिमलटारमा बेपत्ताको खोजि कार्यलाई अझ तिब्र पार्न यो बैठक माग गर्दछ । बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न नेपाली काँग्रेसका सबै शुभेच्छुक संस्था र भ्रातृ संस्थालाई सहयोग गर्न आग्रह गर्दछौँ ।’

प्रमुख सचेतक घिमिरेले सिमलटारमा बस पहिरोले बगाउँदा बेपत्ताको खोजि कार्यलाई तिब्र बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो । बाढी, पहिरो र डुबानका कारण समस्यामा रहेका नागरिकलाई सहयोग गर्न पार्टीका भ्रातृ संस्थाहरुलाई निर्देशन दिने निर्णय भएको बताउनु भयो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने र नवगठित सरकारका मन्त्रीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।