४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँका छोरा अरुण चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुग्नुभएका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका सुझाव लिन निवासमै आउने समेत बताउनुभएको थियो । रासस