२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु



अ+ अ-

चितवन । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ ।

नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पताला भर्ना भएको जनाइएको छ । आज बिहान १०:४० बजेको समयमा अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका खाम्चा मगर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते खाम्चा मगरको सोही अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस