२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय  ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो ।

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी  लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २  को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ ।