५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग



अ+ अ-

मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।

टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, चार केजी नुन, चिउरा, सिरक, डसना, तन्ना, सिरानी प्रदान गरिएको हो । मृतकका परिवारलाई सोही परिमाणमा ती सामग्रीका साथै प्रतिपरिवार नगद रु १२ हजार प्रदान गरिएको छ ।

यो याममा यार्सा पाटनमा छायानाथ रारा नगरपालिका–१० का एकजना र वडा नं १२ का तीनजना युवाको मृत्यु भएको छ । एक याममा एक परिवारले यार्सा बेचेर कम्तीमा रु तीन लाखसम्म आम्दानी गर्ने गर्छन् । पन्ध्रदेखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च जुटाउनुपर्ने भएकाले घर नै खाली गरेर गाउँगाउँबाट युवायुवती यार्सा पाटन पुग्ने गरेका छन् ।

यार्सा पाटनमा मृत्यु भएका तथा बिरामी परेका परिवारले अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको छायानाथ रारा नगरपालिका– १० की सिर्जना कुमाइले राससलाई बताउनुभयो । टेवाबाट प्राप्त सहयोगका निम्ति उहाँले आभार व्यक्त गर्नुभयो । रासस