२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्स प्रयोगकर्ताको रेकर्ड उच्च रहेको एलोन मस्कको दावी



अ+ अ-

काठमाडौँ । टेक अरबपति तथा टेस्लाका सीईओ एलोन मस्कले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल एक्स प्रयोगमा रेकर्ड उच्च’ पुगेको दाबी गर्नु भएको छ ।

एक्सले एकै दिनमा “विश्वव्यापी रूपमा ४१७ अर्ब प्रयोगकर्ता–प्रतिसेकेन्डको कुल अनुभव गरेको मस्कले बताउनु भएको छ । सामाजिक सञ्जाल एक्सको एक पोस्टमा, मस्कले एक्स प्रयोगले हिजो विश्वव्यापी रूपमा ४१७ बिलियन प्रयोगकर्ता प्रतिसेकेन्डको साथ अर्को रेकर्ड उच्च राखेको उल्लेख गर्नु भएको छ । उहाँका अनुसार संयुक्त राज्य अमेरिका मा, प्रयोगकर्ता एकै दिनमा ९३बी ३२ यु सेकेन्ड पुगेको जनाउदैे यो अघिल्लो रेकर्ड भन्दा ७६बीले एकै दिनमा बढी भएको उल्लेख गर्नु भएको छ ।

गत मार्चको एक्स तथाङ्कले २५० मिलियन मानिसहरूले हरेक दिन औसतमा ३० मिनेट एक्स प्रयोग गर्ने दाबी गरिएको थियो ।

पोष्टमा प्रत्येक महिना ५५० मिलियन मानिसहरूले ग्लोबल टाउन स्क्वायर भ्रमण गर्छन् भने औसतमा, प्रयोगकर्ताले एक्समा दिनको ३० मिनेट खर्च गर्ने भनिएको छ ।

अक्टोबर २०२२ मा, मस्कले ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा प्रभावशाली सामाजिक मिडिया प्लेटफर्म–ट्विटरको स्वामित्व लिनु भएको थियो ।

पछिल्लो समयमा, मस्कले शीर्ष कार्यकारीलाई बर्खास्त गरी, कम्पनीका आधा कर्मचारी हटाएर, खाता पुन: स्थापनाको समीक्षा गर्न सामग्री मोडरेशन काउन्सिल गठन गरी प्लेटफर्मको सदस्यता सेवालाई सुधार गर्नु भएको छ ।

टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्कले पदभार सम्हालेपछि कम्पनीमा धेरै परिवर्तन भएका छन्, जसमध्ये केही विवादास्पद समेत भएका छन् ।

विवादास्पद निर्णयसँगै, ट्विटरले विज्ञापन राजस्वको ठुलो मात्रा गुमाउन थाले पछि मस्कले ट्विटर ब्लूको रूपमा भुक्तान गरिएको प्रमाणिकरणहरू सुरु गर्नु भयो ।

मस्कले जुलाई २०२३ मा ट्विटरसँग सम्बन्धित प्रसिद्ध निलो चरालाई प्रतिस्थापन गर्दै गर्मीमा प्लेटफर्मलाई एक्सको रूपमा पुन: ब्रान्ड गर्नु भयो ।

प्लेटफर्म संलग्नता बढाउन, मस्कले २०२४ मार्च –२८ मा दुई हजार ५०० भन्दा बढी प्रमाणित ग्राहक अनुयायी भएको एक्स खातालाई प्रिमियम सुविधामा नि:शुल्क पहुँच प्रदान गर्ने घोषणा गर्नु भयो । जसबाट पाँच हजार भन्दा बढी अनुयायी अनुयायी भएको एक्स खातालाई सिमित लागतमा प्रिमियम सुविधा छ ।