११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के १५ हजार वर्ष पहिले पनि कन्डमको प्रयोग हुन्थ्यो ?



अ+ अ-

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।

भन्ने गरिन्छ की १६ औं शताब्दीको अन्ततिर जनावरको आन्द्राबाट कन्डम बनाइन्थ्यो । तर त्यो एकदमै महँगो हुन्थ्यो । केही इतिहासकारहरुका अनुसार कन्डमको नाम ‘डाक्टर कन्डम’ नामका एक व्यक्तिको नामबाट राखिएको थियो, जसले १६ औं शताब्दीमा राजा चाल्र्स द्वितियलाई भेँडाको छालाबाट कन्डम बनाएर दिएका थिए ।

यता अर्को अनौठो रहस्य यो रहेको छ की फ्रान्सको गुफामा कन्डमसँग सम्बन्धित अनौठा चित्रहरु भेटिएका थिए । उक्त चित्रमा कन्डमको आकारका चित्रहरु बनाइएको थियो ।

मिडिया रिपोर्ट अनुसार ती चित्रहरु १२ हजार देखि १५ हजार वर्ष पुरानो रहेको बताइएको छ । तर अहिलेसम्म यो पुष्टि भएको छैन की त्यस समय कन्डमको प्रयोग गर्भाधारण रोक्नका लागि गरिन्थ्यो या अन्य प्रयोजनका लागि ।