७ मंसिर २०८१, शुक्रबार
,
Latest
मुग्लिन–पोखरा सडक: पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै प्रधानमन्त्री ओलीकै अगुवाइमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन बगेर खेर गइरहेछ भोटको नुन पूर्वराजा ज्ञानेन्द्र आज लुम्बिनी जाने काठमाडौंको कीर्तिपुर केन्द्रविन्दू भएर भूकम्प नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि विद्यमान पर्यटन नीतिलाई समयानुकूल बनाइने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदबहाली गर्दै मन्त्री पाण्डेले नयाँ पर्यटन नीतिमार्फत पर्यटन क्षेत्रका सम्भावनाको उजागर गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपालको पर्यटन क्षेत्रलाई कसरी प्रभावकारी विकास गर्न सकिन्छ भनेर हालको पर्यटन नीतिलाई परिमार्जन गर्न मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गर्नेछ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “आज मात्रै मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले गहनतापूर्वक अध्ययन गर्नेछ । म आफू पनि विशेष चासोका साथ सूक्ष्मतापूर्वक ध्यान दिएर नीति बनाइनेछ ।”

उहाँले पर्यटन नीतिको मार्गदर्शनबमोजिम आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो । पर्यटनमन्त्री पाण्डेले कोरोना महामारी, राजनीतिक अस्थिरताकाबीच मुलुकको पर्यटन पुरानै लयमा फर्किएको तथा विसं २०८४ सम्म राजनीतिक स्थिरतातर्फ अघि बढेकाले उक्त अवधिमा पर्यटनको विकासमा केन्द्रित हुने बताउनुभयो ।

उहाँले सन् २०२३ देखि २०३२ को अवधिलाई भ्रमण दशकका रुपमा कार्यान्वयन गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रको साथ सहयोग प्राप्त गर्दै आफ्नो कार्यकालमा पर्यटन मन्त्रालयले लिनुपर्ने लक्ष्यलाई गन्तव्यमा पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले संस्कृति देशको प्राण हो भन्दै यसको संरक्षण विकासका लागि सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको निराशालाई चिर्दै आशामा बदल्न दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएको भन्दै प्रधानमन्त्री र मन्त्री भएर दल, परिवार, नातावाद र भूगोलको हितमात्रै नभई जनताका पक्षमा इमान्दारीताकासाथ काम गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

पर्यटन नीति संशोधनका लागि कार्यदल

पर्यटन नीतिलाई समयसापेक्ष बनाउन पर्यटन मन्त्रालयका सहसचिव हेमराज तामाङको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले तीन महिनामा प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ । पर्यटनमन्त्रीले आफ्नो पहिलो निर्णयका रुपमा पर्यटन नीति, २०६५ लाई समयसापेक्ष बनाउन अध्ययन र सुझाव दिन गठित कार्यदल गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो ।

पर्यटन क्षेत्रको विकास सम्वद्र्धन, प्रवद्र्धन र त्यस क्षेत्रलाई सुदृढ गर्नेगरी पर्यटन नीति बनाउनेगरी अध्ययन गर्ने र तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल बनाइएको जानकारी दिनुभयो ।

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि रणनीतिका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० सेवालाई प्रभावकारी बनाउन सिर्जनशील ढङ्गले सक्रियताका साथ लाग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सङ्घीय संरचनाअनुरुप मुलुकको पर्यटनलाई समयसापेक्ष बनाउन पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्न लागिएको मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले बताउनुभयो । मन्त्रालयका सहसचिव हेमराज तामाङले मन्त्रालयअन्तर्गतका निकाय र गतिविधिबारे सङ्क्षिप्त जानकारी गराउनुभएको थियो ।

मुलुकको ४१औँ पर्यटनमन्त्री

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे मुलुकको ४१औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४१ जना पर्यटनमन्त्री पाइसकेको छ ।

विसं २०३० मा बाजुरामा आम विष्णु शोभा पाण्डे र बुवा विष्णुदत्त पाण्डेको कोखबाट जन्मिनुभएका पाण्डे विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । विसं २०७० मा संविधानसभा सदस्य रहनुभएका उहाँ २०७२ मा व्यवस्थापिका संसद् हुनुभएको थियो । पाण्डे विसं २०७४ मा राष्ट्रियसभा सदस्य हुनुभएको थियो ।

विसं २०४३ देखि नेपाली कांग्रेसमा आबद्ध पाण्डै राजनीतिमा सक्रिय हुनुहन्छ । विसं २०५० मा नेविसङ्घको बाजुरा अध्यक्ष, विसं २०५६ मा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभएका पाण्डे २०५७ मा सहमहामन्त्री, २०६२ मा महामन्त्री हुनुभयो । विस २०६६ मा कांग्रेस केन्द्रीय सदस्य र २०६६ मा पार्टीको प्रमुख श्रमिक विभागको नेतृत्व गर्नुभएको थियो ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । पत्रकारिता र प्रशिक्षण अनुभव र विशेषज्ञता रहेका मन्त्री पाण्डेका राष्ट्रियस्तरका पत्रपत्रिकामा लेख रचना प्रकाशित छन् ।