५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प लक्षित आक्रमणको भिडियो सञ्चारमाध्यममा भाइरल, भिडियोबारे पुष्टि हुन बाँकी



अ+ अ-

बटलर । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमण गर्न एक बन्दुकधारीले हातमा राइफल लिएर छतबाट बन्दुक तेस्र्याइरहेको शनिबार अमेरिकी प्रसारक टीएमजेडद्वारा सार्वजनिक भिडियोमा देखाइएको छ ।

रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीमा बन्दुकधारीले हत्याको प्रयास गर्दा कानमा गोली लागेको थियो ।

अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुक्स रहेको जनाएको छ ।

भिडियोमा कथित आक्रमणकारी छतमा सुतेर ट्रम्पतर्फ राइफल लक्षित गरेको देखिन्छ ।

“केटाको लामो खैरो कपाल छ, र उसले खैरो सर्ट/खाकी पाइन्ट लगाएको देखिन्छ र उसले ‘ट्रिगर’ तान्नुअघि टाढाबाट ध्यानपूर्वक लक्ष्य पत्ता लगाउने प्रयास गरिरहेको देख्न सकिन्छ,” टिएमजेडले भिडियोलाई उद्धृत गर्दै भनेको छ ।

प्रसारित भिडियोमा ती व्यक्तिले गोली चलाएको देखाइएको छैन । तर बन्दूक चलेपछि अफ–क्यामेराबाट मानिसहरू बोलेको आवाज सुनिन्छ ।

“ऊ यस दिशामा फर्किरहेको छ, सावधान रहनुहोस् साथीहरू”, एक व्यक्तिले भिडियोमा भन्दै गरेको आवाज सुनिएको छ ।

“कसैलाई गोली लागेको छ”, अर्को व्यक्तिको आवाज सुनियो, “ऊ त्यहीँ ढलिरहेको छ ।”

“साथी, ट्रम्प सही ठाउँमा छन्,” अर्को व्यक्तिले भनेको सुनिन्छ ।

“त्यहाँ ‘सेक्रेट सर्भिस’ छ, कुनै पनि गडबडी नगरौँ,” भिडियोमा अर्का व्यक्तिले भनेको सुनिन्छ ।

टिएमजेडले प्रकाशित गरेको दोस्रो भिडियोमा उही छत र धुमिल शरीरको फुटेज देखाइएको छ ।

“तपाईँले त्यहाँ ती व्यक्तिलाई देख्न सक्नुहुन्छ । मलाई लाग्छ उनीहरूले त्यो व्यक्तीलाई गोली प्रहार गरे किनभने ऊ मृत देखिन्छ”, अफ–क्यामेराभन्दा टाढाबाट एकजना व्यक्तिले भनिरहेका थिए ।

एक टिकटक प्रयोगकर्ताले पोष्ट गरेको भिडियोमा धेरै पटक गोलीको आवाज सुनेपछि ट्रम्पले आफ्नो दाहिने कान छोपेको देखिएको छ ।

सार्वजनिक भिडियोलाईस्वतन्त्ररूपमा पुष्टि गर्न सकिएको छैन । भिडियोमा लुकेर बसेका तारो हान्ने व्यक्ति ९स्नाइपर० ले बन्धुक चलाए वा चलाएनन् भन्ने स्पष्ट छैन ।

ट्रम्पलक्षित आक्रमणपछि उहाँ लेक्टर्नको पछाडि लुक्नुभएको थियो भने सिक्रेट सर्भिसका अधिकारीहरूले उहाँलाई घेरेर सुरक्षा दिएका थिए ।

। उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको थियो । ट्रम्प खतरामुक्त्त रहेको उहाँ निकट श्रोतले बताएको छ ।