२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरले बालकुमारीमा रहेको अनधिकृत घरटहरा भत्कायो



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले बालकुमारीमा रहेको अनधिकृत संरचना हटाएको छ ।

आइतबार ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको टोलीले बागमती नदी किनारमा रहेका ९ वटा घरटहरा हटाएको हो ।

उनीहरु बागमती नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृतरूपमा संरचना बनाएर बस्दै आएका हाछेथुले बताए । महानगरले यसअघि तीन दिनको समय दिएर सो क्षेत्र खाली गराउन पत्राचार गरेको थियो । समयसीमासम्म नि संरचना नहटाएपछि महानगरले एक्सन लिएको हो ।

पछिल्लोसमय महानगरले अनधिकृत संरचना हटाउदै आईरहेको छ ।