२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य



अ+ अ-

काठमाडौं । सरकारले काठमाडौँ बाहिरिने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयमा बसेको यातायात व्यवसायीका प्रतिनिधिहरूसँगाको छलफलमा उक्त निर्णय गरेको हो ।

यस्तै, गृह मन्त्रालयले ‘रेड जोन’ मा रात्रिकालीन बस सेवा सञ्चालन नगर्ने निर्णय पनि गरेको छ । मौसम पूर्वानुमान महाशाखाको ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र अर्थात् रेड जोन एरियामा रात्रिकालीन बस नचलाउने निर्णय भएको गृहसचिव एकनारायण अर्यालले जानकारी दिए ।

त्यसैगरी, पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिन्ह राख्ने निर्णय भएको गृहसचिव अर्यालले बताए ।

यातायात व्यवसायी एवं यात्रु चालकले सडक अवरुद्ध भएका स्थानको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावैका सुरक्षित एवं खाद्यान, शौचालय लगायतको व्यवस्था भएका स्थानमै रोकी सडक खुल्ने प्रतीक्षा गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।