२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलेखानी–सिस्नेरी र दक्षिणकाली–काठमाडौँ खण्डमा यातायात सञ्चालन



अ+ अ-

मकवानपुर । मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चलन भइरहेका छन् ।

कुलेखानी–काठमाडौँ–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ ।

यसैगरी त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलगायत भीमफेदी काठमाडौँतर्फ जोड्ने महालक्ष्मी खोलाबाट मातातीर्थ हुँदै काठमाडौँ, कुलेखानी फाखेल हुँदै काठमाडौँ, थानकोट–चित्लाङ हुँदै हेटौँडा र कान्तिलोकपथ हुँदै काठमाडौँ जाने विभिन्न खण्डमा गएको पहिरा पन्छाएर आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मीप्रसाद भण्डारीले राससलाई जानकारी दिनुभयो । रासस




भर्खरै