२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर किन्दा कुना र दोबाटोमा पर्ने नकिन्नुहोस्, यस्तो छ वास्तु शास्त्रमा



अ+ अ-

एजेन्सी । आफ्नो घर बनाउनु वा किन्नु हरेक व्यक्तिको सपना हुन्छ । वास्तु शास्त्रका अनुसार घर किन्दा वा बनाउँदा वास्तु नियमलाई ध्यानमा राखेमा मानिस धेरै प्रकारका समस्याबाट बच्न सकिन्छ । कुनाको घर अर्थात् दोबाटोको घर किन्नु वास्तुको दृष्टिकोणले ठीक मानिँदैन ।

कुनाको घर किन्दा मानिसको जीवनमा समस्या बढ्छ भन्ने वास्तुशास्त्रमा विश्वास छ । वास्तुशास्त्रमा यस्तो घरमा केतुको बास हुने मानिन्छ । ज्योतिषमा केतुलाई क्रूर ग्रह मानिन्छ । वास्तुशास्त्रका अनुसार यदि घर तर्फ दुईवटा सडक भि (V) आकारमा बनेको छ भने त्यसलाई पनि शुभ मानिदैन । यसका साथै सडकको दाहिने छेउमा रहेको एल (L) आकारको घरले पनि शुभ फल नदिने वास्तुमा छ ।

कुनाको घरमा बस्दा मानिसको जीवनमा समस्या बढ्नसक्ने वास्तुशास्त्रमा छ । जसका कारण व्यक्तिले वास्तु दोषको सामना गर्नुपर्ने हुन्छ। साथै, यस घरमा बस्ने सदस्यहरूले आर्थिक हानि, परिवारमा झगडा आदिको सामना गर्नुपर्ने हुनसक्छ । साथै, यस्तो घरमा नकारात्मकता छिट्टै प्रवेश गर्छ भन्ने वास्तुशास्त्रमा विश्वास छ ।

यदि तपाई पनि कुनाको घरमा बस्दै हुनुहुन्छ भने यसको खराब नतिजाबाट बच्न केही उपाय अपनाउन सक्नुहुन्छ । यदि तपाईं एल (L) आकारको घरमा बस्नुहुन्छ भने मुख्य ढोका घरको बीचमा नभई एउटा कुनामा बनाउनु पर्छ। यदि तपाइँ भि (V)आकारको घरमा बस्नुहुन्छ भने, सडकको छेउमा साना रूख र बिरुवाहरू रोप्नु पर्छ। यस्तो घरमा दुईवटा ढोका छन् भने दुबै एकैसाथ नखोल्न पनि भनिएको छ ।