२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल भत्कियो



अ+ अ-

मनाङ । अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पु¥याएको छ । नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल आज बिहान भत्किएको छ ।

विसं २०७८ जेठ १४, २९ र असार १ मा मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो । पर्खाल लगाएको तीन वर्षपछि आज भत्किएको हो । उक्त क्षेत्रमा मस्र्याङ्दी नदीको बाढीको वेग सिधा पर्ने र प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले गाउँको माथिल्लो क्षेत्र तथा गाउँमा बाढी पस्ने ठाउँमा लगाइएको पर्खाल भत्किएको जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव बढेमा पर्खालमा अझ बढी क्षति पुग्नसक्ने अवस्था रहेको छ ।

उहाँले भन्नुभयो, “पहिला जोखिमबाट गाउँलाई जोगाउनु प्रमुख थियो । त्यसैले तत्कालका लागि पक्की बनाउने गरी बेस बनाउन सकेनौँ अहिले पर्खाल भत्किन पुगेको छ ।”

अहिलेको जोखिमलाई रोक्ने र बस्तीलाई सुरक्षित बनाउन स्थानीय तथा प्रहरीको सहयोगमा पर्खाल मर्मतको काम भइरहेको प्रजिअ लामिछानेले बताउनुभयो । मनसुनको सुरुआतमा नै क्षति व्यहोरेको मनाङमा वर्षा बढी भएमा अझै उक्त क्षेत्र अझै जोखिम बढ्नसक्ने उहाँको भनाइ छ ।

यही असार १७ गते अविरल वर्षा भएपछि १८ गते चामे गाउँपालिका–१ तिमाङ झरनामा बाढीसँगै आएको ढुङ्गा तथा गेग्रानले मोटरेवल पुलमा क्षति पुगेको थियो । मोटरेवल पुलमा क्षति भएपछि पूर्णरुपमा डुम्रे–बेँशीसहर–चामे सडक अवरुद्ध छ । त्यस्तै लघु जलविद्युत् नजिकैको तिमाङ खोलाले काठेपुल बगाउँदा आवतजावत गर्ने एक मात्र सडक अवरुद्ध छ । यहाँको मोटरेवल पुल तथा काठेपुल भत्किँदा तल्लो मनाङका स्थानीय सदरमुकाम आवतजावत गर्नसक्ने अवस्था नरहेको प्रजिअ लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षा कम र झरनाको बाढी कम भएपछि मात्रै मर्मत तथा निर्माण थाल्ने अवस्था छ । यसको मर्मत तथा निर्माणका लागि चाइना कम्पनीले सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाएको छ ।” मौसममा सुधार भएपछि काम थाल्ने भएको उहाँले बताउनुभयो । खाद्यान्न तथा औषधिको अभाव हुन नदिन लागिपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । रासस