२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीका सांसदलाई बाइडेनको पत्रः ट्रम्पलाई हराउन प्रतिवद्ध छु



अ+ अ-

एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसमा आफ्नो कमजोर प्रदर्शनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई हराउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शारीरिक र मानसिक फिटनेसको चिन्ताका बाबजुद दौडमा सोमवार प्रजातान्त्रिक सांसदहरूलाई लेखेको पत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रहने प्रतिवद्धता जनाउनु भयो । उहाँले सञ्चारमाध्यम र अन्य ठाउँमा सबै आँकलनहरुको बाबजुद आफू यस दौडमा रहने बताउनु भयो । राष्ट्रपतिको दौडलाई अन्त्यसम्म लैजान र डोनाल्ड ट्रम्पलाई हराउन दृढ प्रतिवद्ध रहेको बताउनु भयो ।

ट्रम्पलाई हराउनु नै आफ्नो एउटा मात्रै काम भएको बताउनु भयो । लोकतान्त्रिक महाधिवेशनमा पार्टीको राष्ट्रपति पदका उम्मेदवार औपचारिक रूपमा घोषणा हुने ४२ दिन मात्र बाँकी छ । र आम चुनावको लागि ११९ दिनहरू छन् । बाइडेनले यो एकजुट हुने, एकीकृत पार्टीको रूपमा अगाडि बढ्ने र डोनाल्ड ट्रम्पलाई पराजित गर्ने समय भएको बताउनु भयो ।

केही डेमोक्र्याटिक सांसदहरूले उहाँलाई दौडबाट बाहिर निस्कन आग्रह गरेका छन् । रियल क्लियर पोलिटिक्सको औसत मतदान तथ्याङ्क अनुसार ट्रम्पले आम चुनावमा बाइडेनभन्दा ३.३ प्रतिशत अंकले अग्रता लिएका छन् ।