२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमै सबैभन्दा दुःखी देश कुन हो ?



अ+ अ-

एजेन्सी । संसारमा यस्ता धेरै देश छन् जहाँका मानिस खुसी छैनन् । के तपाईलाई थाहा छ संसारको सबैभन्दा दुःखी देश कुन हो ?

हरेक वर्ष सार्वजनिक हुने वल्र्ड ह्याप्पिनेस रिपोर्टले संसारको कुन देश सबैभन्दा दुःखी र कुन देश सबैभन्दा खुसी छ भन्ने देखाउँछ ।

यो प्रतिवेदन तयार गर्दा मुख्यतया ६ कुरालाई ध्यानमा राखिएको छ । जसमा सामाजिक सुरक्षा, स्वास्थ्य, आम्दानी, स्वतन्त्रता र जनतामा उदारताको भावना देखिन्छ ।

यस सूचीमा सबैभन्दा दुःखी देश अफगानिस्तान हो । जहाँ जनता भोक र गरिबीले त्रसित छन् । यो देशमा सबैभन्दा दुःखी मानिसहरु छन् । अफगानिस्तानलाई १३७ देशमध्ये सबैभन्दा दुखी देश मानिएको छ ।

यो सूचीमा लेबनानको नाम दोस्रो स्थानमा छ । यो देश सामाजिक–राजनीतिक अस्थिरता र आर्थिक अस्थिरताको सामना गरिरहेको छ । जहाँ जनता पनि आफ्नो सरकारप्रति निकै असन्तुष्ट छन् ।