२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० मन्त्रालयको जिम्मेवारी



file photo
अ+ अ-

काठमाडौं । अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी तीन मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएकी हुन् ।

जसपाबाट सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव, वन तथा वातावरण मन्त्रीमा नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खान सहभागि थिए । उनीहरूले २१ गते साँझ राजीनामा बुझाएका थिए ।

यसअघि राजीनामा दिएका एमालेका ८ जना मन्त्रीको मन्त्रालयको जिमेवारी पनि प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् । अब प्रचण्ड सरकारमा माओवादी, रास्वपा र नेकपा एसका मन्त्री मात्र छन् ।