१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलमग्न भयो देश (फोटो फिचर)



अ+ अ-

काठमाडौं । देशका विभिन्न ठाउँमा आएका बाढी, पहिरो र डुवानमा परेर शनिबार मात्रै ९ जनाको मृत्यु भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज पनि भारी वर्षा हुने जनाएको छ । यो क्रम भोलिसम्मै जारी रहने छ ।

शनिबारको बाढी, पहिरो र डुवानका क्रममा नागरिकले पाएका सास्ती ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी ब्यारेजमा बढेको पानीको बहाव । सप्तकोशीमा शनिबार साँझ पानीको बहाव मापन गर्दा तीन लाख तीन हजार ८६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुरक्षाकर्मीले जनाएको छ ।

पहाडी तथा पूर्वका जिल्लामा भएको अविरल वर्षाका कारण सप्तकोशी नदीमा बढेको पानीको बहाव अनुगमन तथा निरीक्षण गर्दै सुरक्षाकर्मी ।

काठमाडौँको तिनकुने, गैरीगाउँस्थित सडकमा वर्षाका कारण पानी जमेपछि सवारीसाधन सञ्चालनमा भएको समस्या ।

दाङको घोराही उपमहानगरपालिका– १८ स्थित रझेनाका स्थानीयवासीको घरभित्र शनिबार पसेको पानीको भल ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा पर्ने मध्यपहाडी राजमार्गमा खसेको पहिरो हटाइँदै । मध्यपहाडी सडकखण्डमा पहिरो झरेर बाटो अवरुद्ध भएपछि यात्रुलाई गन्तव्य पुग्न समस्या भएको छ ।

अविरल वर्षापछि सेती नदीमा आएको बाढीले व्यास–१३ बेलवास घर र विद्यालय डुबानमा परेपछि सुरक्षित स्थानमा सामान स्थान्तरण गर्दै सुरक्षाकर्मी । सेती नदीमा आएको बाढी स्थानीय हरिमाया पौडेलको घर,न्यू भिजन बोडिङ स्कुल र सिद्धबेनी माध्यमिक विद्यालयमा पसेपछि सामान सुरक्षित स्थानमा सारिएको हो ।

 

अविरल वर्षापछि तनहुँको व्यास नगरपालिका–३ स्थित सेती नदीमा उर्लिएको बाढी ।

काठमाडौँको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिकैबाट लिएको विष्णुमती नदीमा आएको बाढी दृश्य ।

राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–१२ शीतलपुरको पुलमुनि बबई नदीमा बढेको पानीको बहाव ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्य गरिँदै । पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

 

तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ मा शनिबार म्याग्दे खोलाको बहाव बढ्दा डुबानमा परेको क्षेत्र । अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्र डुबानमा परेको छ ।

दाङको घोराही उपमहानगरपालिका-५ बसन्तापुरको बस्तीमा पसेको बबई नदीको बाढी । बस्ती डुबान हुँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत ।

तस्बिरहरु : रासस